धरान । पूर्वी नेपालको सुनसरी जिल्ला स्थित धरान उपमहानगरपालिकामा दुई पक्षबीच भिषण झडप भएको छ । दशैंको बेलामा आयोजित मेलाको पक्ष र विपक्षका युवाहरुबीच कुरा नमिल्दा झडप भएको हो । मेलाको विपक्षमा रहेका युवाहरुले विरोध र्याली निकालेपछि मेला पक्षधर युवाहरु प्रतिकारमा उत्रिएका थिए । केहीबेर निक्कै घम्साघम्सी चल्यो । मेलामा खुकुरी हानाहानसमेत भएको छ । नजिकै रहेको प्रहरी पुगिहाल्यो । झडप नियन्त्रणका लागि प्रहरीले समेत निक्कै बल प्रयोग गर्यो । लाठीचार्ज र अश्रुग्याससमेत हानेपछि झडप केहीछिन मत्थर बन्यो ।घटनामा मेला पक्षधर युवाको आक्रमणबाट समक्ष श्रेष्ठ र बालजित तामाङ घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिए । ‘मेलाको विरोधमा र्याली निकालेपछि झडप भएको बुझेको छु, म घटनास्थलतर्फ जाँदैछु, दुई जना सामान्य घाइते भएका छन्’ उनले भने । घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अवस्था अहिले सामान्य छ ।
Comments
Post a Comment