आज फेरी ३० जना बोकेको बस सिन्धुलीमा दुर्घटना

हिजो शुक्रबार विहान मात्रै सिन्धुलीको सुनकोशी–५, मूलकोटमा बससंग बाइक ठोक्किदा यात्रुबाहक बस सुनकोशीमा खसेर दुर्घटना भएको थियो। उक्त घटनामा तीन जनाले ज्यान गुमाएका थिए ।

आज शनिबार फेरि पनि बस दुर्घटना भएको छ । काठमाडौंबाट गाइघाट जाउँदै गरेको बस सुनकोशी गाउँपालिका–३, रातोमोटेमा दुर्घटना भएको हो ।दुर्घटना भएको बसमा ३० जना सवार रहेको प्रहरीले जनाएको छ । पुरा विवरण आउन बाकि छ

Comments