काठमाडौं । निर्मला पन्तको हत्या प्रकरण अनुसन्धान गर्न गठन गरिएका अनेकौंं टोली मध्येको एकः एआइजी धिरु बस्नेत नेतृत्वको टोलीले शनिबार जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा स्थानीय पत्रकारको कुरा बुझेको छ । कन्चपुरका एसपी कुुबेर कडायत र केन्द्रबाटै गएका अर्का प्रहरी अधिकृत सहित पत्रकारहरुसँग करीब १५ मिनेट जस्तो बसेका एआइजी बस्नेत दुई चार शब्द मात्रै बोले । स्थानीय पत्रकारका कुरा सुने ।
आफ्ना धारणा राख्ने क्रममा स्थानीय पत्रकारले, गृह मन्त्रालयद्वारा गठिन उच्चस्तरीय समितिको प्रतिवेदनले शंकास्पद भनेका केही व्यक्तिको नाम लिए । तीमध्ये थिए : रोशनी र बबिता दिदीबहिनी र निर्मलाको मामा हुँ भन्दै शब बुझ्ने तीर्थराज भण्डारी । हो, यिनै शंकास्पदमाथि छानबिन गर्नुपर्छ भन्दा हो एआइजी धरु बस्नेतले मुन्टो मात्रै हल्लाएको । उनले यो विषयमा केही गर्ने नगर्ने भन्नेबारे एक शब्द खर्च गरेनन् । पत्रकारसँगको भेटघाटमा बस्नेत खासै बोलेनन् पनि ।
नसल्टिएको अर्को प्रश्न :
पत्रकारसँगको कुराकानीमा उनले, गृहमन्त्री रामबहादुर थापा र आइजी सर्वेन्द्र खनालले यसअघि कान पाक्ने गरी भनेकै वाक्य पनि दोहर्याए “प्रहरीबाट भएको कमजोरी र भूमिका शंकास्पद देखिए हामी कडाभन्दा कडा कारबाही गर्छौं” । संसारले थाहा पाइसक्यो प्रहरीको निर्मला हत्या प्रकरणमा प्रहरीको भूमिका शंकास्पद छ छैन भन्ने । तर, एआइजी बस्नेले पनि अझै भने शंकास्पद देखिए कार्वाही गर्छौं । गृहमन्त्रीदेखि आइजी र एआइजीलाई पनि अझै प्रहरीको भूमिका शंकास्पद हो होइन भन्ने हेक्का छैन । यसको साझो अर्थ होः निर्मला हत्या प्रकरण अझै गुमराहमा रहनेछ । बस्नेत अनुसन्धानले पनि नयाँ कुरा दिनेमा आशा नगर्दा वेश ।
Comments
Post a Comment