अभिनेत्री शिल्पा पोखरेल बनिन् अनुपकी बेहुली, छबिराज ओझा चकित !

काठमाडौ । अभिनेत्री शिल्पा पोखरेलको नाम निर्माता छबिराज ओझासँग जोडिएर आउँने गर्दछ । छबिसँग नाम जोडिएर आउने शिल्पाले अहिले अभिनेता अनुप बिक्रम शाहीसँग बिबाह गरेकी छन् । उनले शाहीसँग रियल नभएर चलचित्र ‘बिरङ्गना’को रिल लाइफका लागि बिबाह गरेकी हुन् । यी दुबैको बिबाहको तस्बिर निर्माण युनिटले बाहिर ल्याएको छ । अनुपले प्रमोशनमा साथ नदिएको भन्दै निर्माण युनिटले चलचित्रको मूख्य सिनको यो बिबाह तस्बिर बाहिर ल्याएको हो । २९ असारबाट रिलिज हुने ‘वीराङ्गना’मा अनुप र शिल्पाले शसस्त्र प्रहरीको भुमिका निर्बाह गरेका छन् ।

शिल्पा र अनुपको अलवा पृथ्वी राज प्रसाई, प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटा लगायतको अभिनय रहेको चलचित्र राजबहादुर सानेले निर्देशन गरेका हुन् । लेखन समेत निर्देशक सानेकै रहेको चलचित्र फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द रहेको चलचित्रमा हरि घले लामा र रामेश्वर काकीले मिलेर खिचेका हुन् ।



पछिल्लो समय निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलले विहे गर्ने कुरा निकै चर्चामा आएको थियो । यसअघि ३ वटा विहे गरिसकेका छवि र शिल्पा पोखरेलबीच उमेरको ठूलो भिन्नता रहेको छ । निर्माता ओझाले नायिका रेखा थापासँग १२ वर्ष सँगै विताएका थिए । केही वर्षअघि उनिहरुको डिभोर्स भएको थियो । हाल चलचित्र निर्माणमा नै व्यस्त रहेका ओझा र शिल्पाले दिने गरेको हरेक अन्तरवार्तामा उनिहरुको अहिलेको सम्बन्ध र विहे कहिले गर्ने ? भन्ने कुराले प्राथमिकता पाएको छ ।

दुबैले एकअर्कालाई स्वीकारिसकेको बताउँदै आएका छन्, विहे कहिले गर्ने भन्ने टुंगो लागी नसकेको बताउँदै आएका उनीहरु चलचित्र मंगलमको रिलिजपछि बिहे गर्ने तयारी रहेको बताउन थालेका थिए । छविले त घोषणा नै गरिसकेका थिए की मंगलम चलचित्र सफल हुने र घरजम गरेर बस्ने । तर शिल्पाले बिबाह रोक्न एकजना गुरु लागेको खुलासा गरेकी छन् । यद्यपी त्यो गुरु को हुन् भन्ने खुलाउन चाहेकी छैनन् । आखिर बिबाह रोकियो नै अहिले त हल्ला नै चल्न छोड्यो ।

Comments