एजेन्सी,५ असोज । केन्याका एक स्थानीय व्यक्तिले आफ्नो देशका वन्यजन्तुलाई बचाउने अथक प्रयास गरिरहेका छन् । खडेरीको कारण राष्ट्रपतिले संकटकाल घोषणा गरेको बेला पनि रात भरि भएपनि वन्यजनतुलाई बचाउन हर रात ३ हजार ग्यालिन पानी लगेर पोखरी भर्ने काम गर्छन् । पानी खान नपाएर मरनासन्न अवस्थामा पुगेका वन्यजन्तुलाई पानी दिएर बचाउने केन्याका एक व्यक्तिले आफ्नो परिवारमा नै एक विरासत बनाएका छन् ।प्याट्रिक किलोनजो म्वलुआ नाम गरेका ती व्यक्ति वन्यजन्तुको लागि नायक नै भएका छन् । एकदिन उपस्थित हुन सकेनन् भने उक्त स्थानमा रहेका ५ सय भन्दा बढी वन्यजन्तु उनको बाटो हेर्दै आँशु बगाउँदै बसेका हुन्छन् । उक्त वन्यजन्तु बस्ने पार्क ‘तस्वा वेस्ट नेशनल पार्क’ हो । त्यहाँ ५ सय भन्दा बढी वन्यजन्तुहरु रहेका छन् । म्वलुआ एक किसान हुन् । उनी आफ्नो देशका वनयजन्तु प्रति निकै गम्भिर रहेका छन् । लामे समयदेखि पानी नपरेका कारण पानी खान नपाएका वन्यजन्तुहरु मृत्युको मुखमा पुगिसकेका छन् ।
म्वलुआ भन्छन्, ‘म आफ्नो क्षेत्रको वन्यजन्तुहरु निकै पिडित रहेको देख्छु यदि मैले उनीहरुको लागि एक दिनमात्र पानी पुर्याउन सकिने धने उनीहरु मर्छन् । म आफ्नो देशको विरासत प्रति निकै चिन्ता गर्ने भएको कारण मेरो भन्दा पनि पशुपक्षीको चिन्ता धेरै छ त्यसकारण मैले उनीहरुको लागि पानी जसरी पनि खोज्न सक्नुपर्छ ।’‘कहिलेकाँही त म रातभरि पोखरीमा पानी भर्ने काम गर्छु उनीहरु पानीको गन्धले पानी खान आउँछनन् ।
रातको समयमा तीन हजार ग्यालिन पानी त्यहाँ पुर्याउन सजिलो छैन् त्यसको लागि एउटा ट्रक किनेको छु मैले पानी ल्याउने आशमा त्यहाँका हात्ती, उट, जेब्रा मलाई कुरेर बसीरहेका हुन्छन् । म त्यहाँ पुगेपछि मेरो स्वागतको लागि उनहिरु तयार भउर बसेका हुन्छन् ।’ वन्यजन्तुको लागि निकै मेहनत गरेका म्वअुलालाई वाटर म्यानको नाम दिइएको छ । उनको यस्तो महान कामलाई सम्मान गर्दै अमेरिकी शे कालवे ने गो –फण्ड–मी पेज बनाउन लागि १८ हजार डलर सहयोग गरिसकेको छ । पशुपंक्षीको लागि अतुलनिय योग्दान पुर्याएका वाटर म्यान अब आफ्नै ट्रक किनेर पशुपक्षीको लागि काम गर्ने भएका छन् ।
Comments
Post a Comment