बीपी राजमार्गमा जिप दुर्घटना परि एकै परिवारका पाँच जना

सिन्धुली । सिन्धुलीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दुर्घटनामा एकै परिवारका पाँचजना घाइते भएका हुन् । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सेल्फीडाँडा मुनी सोमबार दुर्घटनामा परेका मध्य तीन जना गम्भिर घाइते भएका छन् । उनीहरुको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको प्रहरीले बताए ।

अन्य सामान्य घाइतेहरुको भने जिल्ल अस्पतालमा उपाचार भइरहेको पनि प्रहरीले बताइएको छ ।बा २ च २११३ नम्बरको जिप दुर्घटनामा सुनिता तामाङ, र उनकी छोरी सुप्रिया तामाङ संगै पाँचजना घाइते भएको प्रहरीले जानकारी दिए ।काठमाडौं, २९ असोज । सुन तस्करी र सनम हत्या प्रकरणमा प्रहरीले खोजी गरिरहेका एक अभियुक्त पक्राउ परेका छन् । सुनसरी इटहरी उपमहानगरपालिकाका ३२ वर्षीय बेनु श्रेष्ठ युएईबाट पक्राउ परेका हुन्।

इन्टरपोलको सहयोगमा पक्राउ परेका उनलाई आइतबार काठमाडौं ल्याइएको छ । श्रेष्ठ विरुद्धजिल्ला अदालत मोरङमा फरार अभियुक्तका रूपमा मुद्दा दायर छ ।श्रेष्ठले दुबईमा बसेर नेपालमा सुन तस्करी गर्ने गरेको सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठ विरुद्ध गत असारमा रेड कर्नर नोटिस जारी गरेको थियो ।



३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेतीका गोरेका भाइ रमेश उप्रेती लगायत अरू पनि प्रहरीको रेड कर्नर नोटिसमा छन् । उप्रेती पनि पक्राउ परिसकेका छन् । उनलाई नेपाल ल्याउने प्रक्रिया चलिरहेको बताइएको छ ।

Comments