छिमेकी राष्ट्र चीनको खानपानको शैलीले धेरैलाई जिब्रो टोक्ने नै बनाउँने गर्छ । चीन अनौठो– अनौठो परिकार खानको लागि बिश्वभरमा नै प्रचलित छ । केहि समय अगाडी चीनमा नै भर्खरै जन्मेको तर मृत्यु भईसकेको बच्चाको सुप खाने खबर तस्बिर र भिडियो भाईरल भएको थियो ।केही समय अगाडी चीनको अर्काे भिडियोले सनसनी मच्चाएको छ । जुन भिडियोको खुबै आलोचना पनि भईरहेको छ । रक्सीको बोटलमा जिउँदो सर्पलाई हाली मारेको भिडियोले सर्बत्र आलोचना पाएको थियो ।
रक्सी बनाउँने यो पारम्पारिक तरिकाले बनाईएको रक्सी चीनमा निकै मिठो हुने भन्दै यस किसिमको रक्सीको माग पनि निकै हुने गरेको छ । भिडियोमा कोबरा सर्पलाई चामलबाट बनेको रक्सीमा हालेर बोटल बन्द गरिएको छ । बन्द बोटलभित्र केहि समयपछि सर्पको ज्यान जान्छ ।
अनि चीनका मानिसहरु त्यो रक्सीलाई निकै मिठो मानेर खाने गर्दछन् । यतिमात्र होईन चीनका मानिसहरु कुकुर , बिरालो , गोही लगायतका जनावरको मासु पनि निकै मन पराउँने गर्छन् ।
Comments
Post a Comment