काठमाडौं। आज बिजुलीबाट चार्ज हुने ब्याट्रिको सहयोगमा चल्ने सार्वजनिक बसको औपचारिक सुरुवात हुँदैछ । साझा यातायातसँगको सहकार्यमा ‘बिजुली बस’ सञ्चालनमा आउन लागेको हो ।लुम्बिनी विकास कोषले एडिबीको आर्थिक सहयोगमा ल्याएका पाँचवटा बिजुली बसको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन् । लुम्बिनी विकास कोषसँगको सहकार्यमा साझा यातायातले यी बस चलाउने छ ।
बसमा चालक र यात्रु गरी २० जना सवार हुन सक्छन् । अपांगमैत्री रहेको बस एकपटक चार्ज गरेपछि २५० किलोमिटर गुड्ने जनाइएको छ ।वातावरणमैत्री बसको उद्घाटन गरी प्रधानमन्त्री ओली त्यसमा चढेर यात्रा गर्ने तयारी रहेको छ । उद्घाटन कार्यक्रम साझा यातायात पुल्चोकमा हुँदैछ ।
Comments
Post a Comment