एजेन्सी । अर्जेन्टिनाको एक घटनाले अहिले अन्तराष्ट्रिय संचारमा राम्रै ठाउँ पाएको छ। यस घटनाले अहिले धेरैलाई चकित पनि पारेको छ। उत्तरी-मध्य अर्जेन्टिनाको सेन्टियागो डेल एस्टेरोमा रहेको एक स्कुलमा अध्यापन गराउने शिक्षिकाले विद्यार्थीसँग यौन सम्बन्ध बनाएको खबर बाहिरिएको हो।प्राप्त जानकारी अनुसार शिक्षिकाले आफ्नै विद्यार्थीसँग सहवास गरेको भिडियोनै बाहिरिएको हो। स्थानीय स्कुलमा अंग्रेजी विषय अध्यापन गराउने शिक्षिकाले मात्रै १६ वर्षीय विद्यार्थीसँग यौन सम्बन्ध बनाएकी थिइन्।
सहवासकै समयमा छात्रले भिडियो रेकर्ड गरेका थिए। तर शिक्षिकाले भने थाहा पाउँदा पनि भिडियो बनाइरहेको कार्यमा कुनै पनि रोकावट गरिनन्। निजी समयमा खिचिएको उक्त भिडियो छात्रले आफ्नो साथीलाई देखाएका थिए।
साथीलाई देखाएसँगै उक्त भिडियो इन्टरनेट मार्फत बाहिरिएको थियो। इन्टरनेट मार्फत बाहिरिएसँगै भिडियो भाइरलनै बन्न पुगेको बुझिएको छ। भिडियो भाइरल भएपछि शिक्षिकालाई स्कुलले जागिरबाट निकालिदिएको छ।
यस विषयमा शिक्षिकाले आफ्नो पक्षबाट भने कुनै पनि प्रतिक्रिया दिएकी छैनन्।
Comments
Post a Comment