
सप्तरी । सप्तरीको देवधार चोकमा आज बिहान मिनी बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा परी दुर्घटना ८ जना घाइते भएका छन्।
सप्तरीको चतराबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४४७० नम्बरको बस दुर्घटनामा परी काभ्रेका ४५ वर्षीय दीपक राईको ज्यान गएको हो। राईको सप्तऋषि अस्पतालमा उपचारको क्रममा र मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सुनसरीको बराहक्षेत्र नगरपालिका– ३ का ३१ वर्षीय सन्तोष लिम्बु, वडा नम्बर १ की २७ वर्षीया दीपा श्रेष्ठ, वडा नम्वर ६ का ३५ वर्षीय गोपाल दाहाल, ३० वर्षीया लीला दाहाल, २ वर्षीय सिजु दाहाल, वडा नम्वर ७ की ५४ वर्षीया जानुका बास्तोला, खोटाङ ससनेत गाउँपालिका–१ की ३४ वर्षीया सीता राउत र भोजपुर हनुवागढी गाउँपालिका–२ का २४ वर्षीया तारा कार्की छन्।
घाइतेको खडक नगरपालिकाको खर्चुहियास्थित ईन्द्रेणी पोली क्लिनिकमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रण गरी अनुसन्धान अगाडी बढाएको जनाएको छ।
Comments
Post a Comment