
एजेन्सी। १३६ यात्रु बोकेर दुबइ जान लागेको एयर इण्डियाको एक विमान दुर्घटनाग्रस्त भएको छ । भारतिय मिडियाका अनुसार उडान भर्न टेकअफको क्रममा एयर इण्डियाको उक्त विमान तमिलनाडुको त्रिची विमानस्थलमा दुर्घटना भएको हो ।बोइङ ७३७–८०० विमान दुबइ जाँदै थियो ।
टेकअफका क्रममा विमान एयर ट्राफिक कन्ट्रोलको भित्तामा ठोक्किएको उक्त जहाज दुर्घटना भउको हो । भित्तामा ठोक्किएपछि विमानलाई मुम्बइको छत्रपति शिवाजी विमास्थलमा आकस्मिक अवतरण गराइएको छ ।
विमानमा भएका सबै यात्रु सुरक्षित भएको बताइएको छ ।। सबै यात्रुलाई अर्को विमानमा दुबइ पठाइएको छ । विमानमा चरा ठोक्किएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । जाँच पूरा हुँदासम्मको लागि पाइलट र कोपाइलटलाई ड्युटीबाट हटाइएको छ ।
Comments
Post a Comment