मृत्यु हुनेको संख्या ३६ पुग्यो,विस्तृत विवरण आउन बाकी.. मृतकलाई हार्दिक समवेदना #RIPअमेरिकामा माइकल नामको आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको अधिकारीहरुले जनाएका छन् ।अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार घातक आँधीका कारण फ्लोरिडा, जर्जिया, उत्तरी क्यारोलिना र भर्जिनियामा व्यापक जनधनको क्षति भएको छ ।फ्लोरिडा प्यानह्यान्डलमा सबैभन्दा बढी क्षति गरेको २० दिनपछि मृत्यु हुनेको पछिल्लो संख्या सार्वजनिक भएको हो ।
फ्लोरिडापछि यस आँधीले मध्य अमेरिकामा पनि व्यापक क्षति गरेको थियो । यहाँ १३ जनाभन्दा बढीको मृत्यु भएको थियो । अमेरिकी जलवायू विज्ञान सेवाले माइकल आँधी अमेरिकामा दशकौंपछिकै सर्वाधिक खतरनाक रहेको जनाएको छ ।
Comments
Post a Comment