
चितवन, कात्तिक ६-
हुन्डाइले बहुप्रतिक्षित नयाँ सेन्ट्रो कार मंगलबार भारतमा सार्वजनिक गरेको छ ।
एक भब्य कार्यक्रममा नयाँ कारको लन्च बलिउड सुपरस्टार शाहरुक खानले गरेका हुन् । कम्पनीले औपचारिक लन्च अघि नै बुकिङ खुला गरेको थियो । १३ दिनमा २३ हजार ५०० वटा बुकिङ भइसकेको कम्पनीले जनाएको छ ।
‘टल ब्वाइ’ डिजाइनको सेन्ट्रो डिलाइट, एरा, माग्ना, अस्टा र स्पोर्टेज भेराइटीमा नयाँ कार उपलब्ध हुने छ । भारतको यसको सुरुवाती मूल्य तीन लाख ८९ हजार ९०० भारु निर्धारण गरिएको छ । अस्टाको मूल्य पाँच लाख ४५ हजार ९०० भारु निर्धारण गरिएको छ ।
नयाँ सेन्ट्रोमा ‘न्यू एज टेक्नोलोजी’ को लेन्स छ । टच स्क्रिन अडियोरभिडियो सुविधा रहेको नयाँ कारको टचस्क्रिन ६.९४ इन्चको छ । १.१ लिटरको पेट्रोल इन्जिन रहेको कारले ६८ बिएचपी पावर जेनेरेट गर्छ । यसको माइलेज २०.३ प्रति किलोमिटर छ ।
सात वटा फरक कलरमा कार उपलब्ध छ । इम्पेरियल बेस, मरिना ब्लु, फायइरी रेड, टाइफुन सिल्भर, पोलर ह्वाइट र स्टार डस्ट कलमा कार उपलब्ध छ । नयाँ सेन्ट्रोमा ड्राइभर एयरब्याक छ । अटो डुअर अनलकको पनि अप्सन छ ।
नयाँ कारमा एन्ड्रोइड अटो र एप्पल कारप्लेसँगै टच स्क्रिन सिस्टम पाइने छ । रियर एसी वेन्ट र पार्किङ क्यामेरा पनि छ । पछिल्लो १६ वर्षमा १३ लाख २० हजारभन्दा बढी सेन्ट्रो कार बिक्री भएको थियो ।
भारतमा लन्च भएको नयाँ सेन्ट्रो कार नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री गर्ने छ । नेपालको मूल्य भने तय भइसकेको छैन । यही रेन्जका अन्य गाडीहरुसँग तुलना गर्दा यसको मूल्य नेपालमा २२ लाखदेखि माथि पर्न आउने देखिन्छ ।
Comments
Post a Comment