काठमाडौं, ६ कात्तिक । सशस्त्र प्रहरी बलका एसएसपी संजय राणाले राजीनामा दिएका छन् । राणाले कात्तिक ५ गते सशस्त्र प्रहरी मुख्यालयमा राजीनामा पत्र बुझाएका हुन् । उनी विपत व्यवस्थापनको जिम्मेवारीमा रहेका थिए ।उनले राजीनामा दिनुको कारण भने बढुवाको विषय रहेको छ । परिवर्तन भएको सशस्त्र प्रहरी नियमावली सम्बन्धमा असन्तुष्टि जनाउँदै राणाले राजीनामा दिएका हुन् । परिवर्तित नियमावलीले आफूहरुलाई बढुवामा पछि पार्ने उनको बुझाई छ ।
नियमावली सच्याउन पटकपटक दबाब दिएपनि सुनुवाई नभएपछि राजीनामा दिनु परेको उनले बताए ।
प्रहरी निरीक्षक र सो भन्दा माथिका पदहरु बढुवा हुन लागि तालिम खारेज गरेर शैक्षिक योग्यता स्नातक हुनुपर्ने नयाँ प्रावधान रहेको छ । नयाँ प्रावधान नयाँ आएपछि दर्जनौ प्रहरी अधिकारीको बढुवा रोकिएको थियो ।
Comments
Post a Comment