
काठमाडौं– हास्यकलाकार केदार घिमिरे(माग्ने बुढा) ले दशैंको अवसरमा बालबालिकालाई चङ्गा किनिदिनका लागि भन्दै रिचार्जकार्ड वितरण गरेका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै माग्ने बुढाले आफूले अभिनय गरेको फिल्म छक्का पञ्जा ३ सफल भएको र दर्शहरुको भीड फिल्महलसम्म पुगेको भन्दै चंगा किन्नका लागि रिचार्ज कार्ड वितरण गरेका हुन् ।
‘फिल्म हेर्दा पैसा सकिए होला बालबच्चालाई रिचार्ज गराइदिनु होला’ भन्दै माग्ने बुढाले लाइभमा एनटिसी र एनसेलका केही रिचार्ज कार्डको नम्बर भनेका थिए । जसलाई उनको लाइभ हेरिरहेका दर्शकले रिचार्ज गरेका थिए । फिल्म हलमा दर्शकको बाक्लो उपस्थिति भएपछि आफू उत्साही भएको उनले बताएका छन् । हलहरुम दर्शहरुसँग पुग्दै गर्दा घर फर्कन निकै ढिला हुने गरेको उनको भनाइ छ । जसका कारण चिसोले आफूलाई सताएको माग्ने बुढाले बताए ।
Comments
Post a Comment