औषधीको पत्तामा किन खाली ठाउँ छोडिएको हुन्छ ?

औषधीको पत्ता किन्दाखेरी तपाईंले याद गर्नुभएको होला, दुईवटा चक्कीको बीचमा खाली ठाउँ हुन्छ । किन यो खाली ठाउँ छोडेको भनी तपाईँमा जिज्ञासा हुन सक्छ । वास्तवमा यसो गर्नुको पछाडि महत्वपूर्ण कारण छन् ।

औषधीहरूको बीचमा हुने खाली स्पेसले केमिकललाई मिसिनबाट रोक्छ । यसो हुँदा औषधीहरू खराब हुनबाट बच्छन् । अनि कुनै नकारात्मक रियाक्सनको खतरा पनि रहँदैन । औषधीहरूलाई बचाउनका लागि यसो गरिन्छ । अनि पत्तालाई काट्नका लागि पनि स्पेस छोडिन्छ ।

यी खाली स्पेसले औषधीलाई यताउता लाँदाखेरी पनि मिसिनबाट रोक्ने काम गर्छन् । यो खाली ठाउँकै कारण औषधीहरू प्याकेजिङ मशिनको बीचैमा गएर फँस्दैनन् ।



स्पेस छोड्नुको अर्को कारण भनेको औषधीको विवरण उल्लेखित प्रिन्ट एरिया बढाउनु पनि हो । कुनै कुनै औषधीको पूरा पत्तामा एउटा मात्र चक्की हुन्छ । यसो हुँदा प्रिन्ट एरियामा उत्पादन मिति, प्रयोग गरिसक्नुपर्ने मिति, औषधीमा प्रयोग भएका तत्व लगायतका जानकारी छाप्न सजिलो हुन्छ ।

तर यस्तो एकचक्के पत्ती कमै हुन्छन् । चिकित्सकले तपाईँलाई हप्तामा एकचोटि मात्र खानु भनेर कुनै औषधी लेखिदिएको हुन सक्छ । यसो हुँदा पत्तालाई काट्ने झन्झट नगर्न र औषधीको सही डोज कायम राख्न समेत यो स्पेस महत्वपूर्ण हुन्छ । तपाईँले औषधीको फरक फरक पत्ता किन्दा सही डोज लिनुहुन्छ ।

Comments