अमेरिकामा कार दुर्घटना हुँदा गंगा गम्भीर घाइते, आधा दर्शन अप्रेशन गर्नुपर्ने भएपछि आर्थिक सहयोगको आह्वान


काठमाडौं । अमेरिकामा कार दुर्घटना हुँदा नेपाली महिला गम्भीर घाइते भएकी छन् । चितवन स्थायी घर भई हाल डलास टेक्सासमा आफ्नो परिवारका साथ बस्दै आएकी गंगा कार्कीको कार दुर्घटनामा परेर गम्भीर घाइते भएकी हुन् । गएको २२ सेप्टेम्बरको साँझ साढे ८ बजे तिर कामबाट घर फर्कने क्रममा हाईवे १८३ आर्भिङ्ग टेक्सासमा ठुलो कार दुर्घटनामा परेकी उनी गम्भीर घाइते भएकी हुन् । दुर्घटना लगत्तै अर्धचेत अवस्थामा उपचारका लागि उनलाई बेलोर ग्रेपभाईन हस्पिटलमा लगिएको थियो ।

करिब ४ घण्टाको अपरेसनपछि उपचारमा संलग्न डाक्टरहरुले गंगाको शरीर र अनुहारमा धेरै हड्डीहरु भाँचिएको तथा छातीमा निकै ठूलो चोट रहेको र रगत बग्ने क्रम नरोकिएर पेटको ओपन सर्जरी समेत गर्नुपरेको बताएका छन् । अहिले गंगा ट्रौमा (आईसियु) मा आफ्नो जीवन संघर्ष गरिरहेकी छिन् । हालसम्म दुईवटा मेजर सर्जरी भइसकेको छ भने फोक्सोमा पानी देखा परेकाले थप ३ वटा सर्जरी गर्न बाँकी रहेको चिकित्सकले बताएका छन् । उपचारमा संलग्न चिकित्सककाअनुसार उनको उपचारका प्रक्रिया लामो समय चल्नेछ ।

गंगाका ६ वर्ष र ११ महिनाको दुई छोरा छन् । श्रीमती घाइते भएपछि श्रीमान दिनेश कार्की आफ्नो काम छाडेर दुई छोराको हेरचाहमा समेत समय दिनु परेको छ । यसर्थ कमाउने मानिस नै विरामी र बिरामी तथा छोराको हेरचाहमा लाग्नु परेपछि कार्की परिवार आर्थिक संकटमा परेका छन् । त्यसमाथि उपचारका लागि समेत खर्च गर्नुपर्दा न्यून आम्दानीले गर्दा गंगाको उपचारमा आर्थिक अभाव भएको छ । जस कारण देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा आ–आफ्नो ठाउँबाट जे जति सकिन्छ सहयोग गर्न कार्की परिवारले अनुरोध गरेको छ ।

Comments