३१ असोज,काठमाडौँ । तक्मे बुढो उर्फ विल्सनविक्रम राई केही साता यता कार्यक्रमको शिलशिलामा अमेरिकामा रहेका छन्। अमेरिकामा रहँदा संसारकै होची तथा बलिउडका कलाकार ज्योती आम्गेसँग उनको भेट भएको छ। ‘खासमा म उहाँको एउटा प्रशंसक पनि भएकोले उहाँसँग फोटो खिच्न गएँ’, तक्मे बुढाले भेट बारे भने, ‘तर उनी र उनको सहयोगी पनि छक्क परेर हेरेँ। उनले हिन्दीमा भन्दै थिए कि चाइनिजले कसरी चिन्यो?अनि मैले पनि आइ एम नट चाइनिज मेन, आइ एम नेपाली भनेर फरर अंग्रेजीमा ठोकेँ।’ विल्सनले आफ्नो परिचय र आग्मेको बारेमा धेरै कुरा गरेपछि उनीहरु छक्क परेको बताए। आग्मे सिनेमा छायांकनको क्रममा अमेरिका पुगेकी थिइन्। विल्सन भन्छन्, ‘उहाँ जस्तो व्यक्ति पनि कलाकारितामा यसरी सक्रिय हुनु भनेको सबैको लागि एउटा प्रेरणा पनि हो। त्यसैले पनि म उहाँको प्रशंसक भएको छु।’
Comments
Post a Comment