एमाले नेता केसी र नेतृ चाैधरीबीच अवैध सम्बन्ध, जिउँदै शिशु फ्‍याकिन् सिँचाई नहरमा

नेकपा एमालेकी नेतृले अवैध रुपमा जन्माएको शिशुलाई जिउँदै सिँचाई नहरमा फ्याकेकी छन् । बर्दियाको मधुवन न.पा-४ ढोढरीकी हिराकुमारी चौधरीले श्रीमान हुँदाहुँदै अाफ्नै पार्टीका स्थानीय नेतासँगको अवैध सम्बन्धबाट जन्मिएको बच्‍चालाई सिँचाई नहरनमा फ्याकेकी हुन् ।स्थानीय तह निर्वाचनमा मधुवन नगरपालिकाको उपमेयरकी उम्मेदवार चौधरीललाई प्रहरीले पक्राउ गरेको छ । उनले आफूले शिशुलाई नहरमा फ्याकेको स्वीकार गरेकी छन् ।

सोही नगरपालिका-६ का एमालेका स्थानीय नेता डम्मर के.सी.सँगको यौन सम्बन्धबाट बच्चा जन्मिएको प्रहरीलाई नेतृ चौधरीले बयन दिएकी छन् । बयनका आधारमा प्रहरीले केसीलाई पनि पक्राउ गरेको छ ।स्थानीय तह निर्वाचनको क्रममा नेतृ चौधरीले आफू अरुजस्तो महिला नभएको भन्दै भोट मागेकी थिइन् । उनले शिशु फ्याकेको नहरको डिलमा भाषण गर्दै भनेकी थिइन् “म अरुजस्तो महिला होइन, म अन्याय सहदैन, कसैलाई अन्याय हुन दिन्न, मेरो पदलाई (उप मेयर) संबिधानले न्यायीक समितिको संयोजकको जिम्मेवरी समेत दिएको छ ।

तपाईँहरुले मलाई अमुल्य मत दिनुस् । म न्याय दिन्छु, समानता दिन्छु, शान्ती दिन्छ ।” नेतृ चौधरीले सात महिना यस्तो भाषण गरेको डिलमैबाटै अवैध शिशुलाई सिँचाई नरहमा फ्याकी छन् । उनको यो यस्तो भाषण स्थानीयले सम्झिरहेका छन् ।मतदाताले उनलाई राम्रोसँग चिनेकै कारण भोट दिइनन्, एमाले नेतृ चौधरीले चुनाव हारिन् ।बर्दिया प्रहरीका अनुसार चौधरीले अस्ती शुक्रबार साँझ अवैध शिशुलाई नहरमा फ्याकेको बयन दिएकी छन् ।



प्रकाउ परेका के.सी.ले आफुलाई लगाएको आरोपको खण्डन समेत गरेका छन् । शुकबार सामाजिक संजालमा बच्चाको फोटो सार्बजनिक भएपछि केसीले यस्ता घटना घट्नुमा महिलामात्रै दोषी नभएको भन्दै प्रतिक्रिया दिएका थिए ।प्रहरी हिरासतमा रहेकी एमाले नेतृ चौधरीका श्रीमान नेपाल प्रहरीमा जागिरे छन् ।

Comments