अाजकाे राशिफल : कात्तिक ४ गते, आइतबार

अाज वि.सं. २०७५ साल कात्तिक ४ गते। आइतबार। इश्वी सन् २०१८ अक्टोबर २१ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– द्वादशी, २०:११ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– पूर्वभाद्रपदा, ३१:३५ बजेउप्रान्त पूर्वभाद्रपदा। योग– वृद्धि, १२:३१ बजेउप्रान्त ध्रुव। करण– वव, ७:२६ बजेदेखि वालव, २०:११ बजेउप्रान्त कौलव। आनन्दादिमा चर योग। चन्द्रराशि– कुम्भ, २५:०८ बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ६:०८ बजे, सूर्यास्त– १७:२७ बजे। दिनमान २८ घडी २० पला। पञ्चक। त्रिपुष्कर योग २०:११ बजे समाप्ति।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्छ । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ ।



कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएल सचेत रहनुहोला ।

Comments