दरबार हत्याकाण्डमा “र” : भारतको चर्चित टिभि क्राईमतकले १७ बर्षपछि गर्यो खुलासा !! [भिडियोसहित]

काठमाडौ । दरबार हत्याकाण्ड आफैंमा रहस्यमय घटना हो तर भारतीय मिडियाले हत्यालाई लिएर नयाँ खुलासा गरेको छ । नारायणहिटी दरबार हत्याकाण्ड भएको १७ वर्ष भन्दा धेरैं भएको छ । १७ वर्ष अघि स्वर्गीय राजा विरेन्द्र शाहको वंशनाश भएको थियो । २०५८ जेठ १९ शुक्रबारका दिन तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी राजपरिवारका १० जनाको हत्या भएको थियो ।

हत्यामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।

हत्याको अझै यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानबिन भएको छैन । दरबार हत्याकाण्ड भएको १७ वर्ष बितेपनि घटना रहस्य नै छ । त्यो दिनलाई नेपालको इतिहासको एक कहालीलाग्दो दिनका रुपमा समेत लिइन्छ । दरबार हत्या काण्ड भएको १७ भन्दा धेरैं भएको छ । स्वर्गीय राजा विरेन्द्र वीर विक्रम शाहदेवको वंश नाश हुँदा नेपालको प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला थिए भने त्यो बेलाका परराष्ट्रमन्त्री थिए नेपाली कांग्रेसका स्वर्गीय नेता चक्र बास्तोला जसको हिजो मात्रैं निधन भएको छ । दरबारहत्याकाण्ड निकैं ठुलो षडयन्त्र भएको नेपाली जनताको बुझाई रहेको छ ।



तर आजसम्म कुनैं पनि षडयन्त्रको पर्दाफाँस हुन सकेको छैन । धेरैंले विरेन्द्रको वंश नाश गर्नमा पुर्वराजा ज्ञानेन्द्र वीर वीक्रमको हात रहेको शंका गर्छन भने कतिले भारतीय गुप्तचर संस्था “र” को हात भएको जिकीर गर्दै आएका छन । नेपाली जनताको नजरमा विरेन्द्र एकदमैं लोकप्रिय राजा थिए साथैं उनका सुपुत्र दिपेन्द्र पनि जनताको बिचमा उत्तिकैं चर्चित रहेका थिए । यदी जनताको बिचमा यसरी राजा प्रिय भैरहने हो भने नेपालमा प्रजातन्त्र स्थापनाको लागि ठुलो खत्तरा हुने आम राजनीतिक दलहरुको बुझाई रहेको थियो ।

आज झण्डैं १७ वर्ष भैंसक्दा सम्म यसको यर्थात खुल्न सकेको छैन । घटनालाई स्वर्गीय युवराज दिपेन्द्र वीर वीक्रम शाहदेवले घटाएको भनिएको छ । यो खुलाशा धेरैं पहिले भएको हो तर जनाताले यो कुरा स्विकार गर्न मानेका छैनन । उ बेला राजपरिवारमा हरेक हप्ताको शुक्रवार भोजको आयोजना हुने गर्थ्यो । जहाँ परिवारका सबैंजना मिलेर रमाइलो गर्ने गर्थे । हरेक पार्टीमा पुर्वराजा ज्ञानेन्द्र पनि सामेल हुने गर्थे तर जुन दिन हत्याकाण्ड भएको थियो त्यो समयमा ज्ञानेन्द्र पोखरामा रहेको बताइको छ । पार्टीमा उनकी पत्नी छोरा र छोरीमात्रैं सामेल भए ।

राजकुमार दिपेन्द्रले राज परिवारको निर्णय भन्दा बाहिर गएर देवयानीसँग विवाह गर्न चाहेका थिए । दिपेन्द्रकी आमा भने उनको विवाह शाही परिवार भित्रैं गर्न चाहान्थिन । उनी युवराजको विवाह शुप्रियासँग गर्न चाहान्थिन । जेठ ११ गते सपरिवार नारायण हिटी दरबारमा भोज गरिरहेका थिए जहाँ राज परिवारका सबैं सदस्यहरु सहभागि रहेका थिए तर ज्ञानेन्द्र भने त्यो रात पोखरा गएका थिए ।

पार्टीकैं क्रममा रातको नौं बजे आसपास दिपेन्द्रले आमासँग आफ्नो विवाहको कुरा गरे तर उनकी आमाले उनको विवाह देवयानीसँग नहुने स्पष्ट पारिन । हल्का मदिरा पनि पिएका दिपेन्द्र आमाको कुराले रिसाए र आफ्नो कोठामा गएर हतियार ल्याएर आए अनि त्यहाँ भएका सबैंमाथि गोलि चलाउन थाले । उनले तीनपटक गोली चलाएर स परिवारको हत्या गरेर आफुले आफैंलाई गाली हानेर आत्महत्या गरेको जनाइएको छ ।

Comments