७५ वर्षका ‘ट्राफिक प्रहरी’ जो सडकमै बस्छन, सडकमै खान्छन- यसरी बने ‘ट्राफिक प्रहरी ʼ-सम्मान स्वरूप धेरै share गरीदिनुहोला ।
पाल्पा– निलो सर्टमा कालो पाइन्ट अनि कालै जुत्ता । टाउकोमा सेतो टोपी अनि कम्मरमा सेतै पेटी ।ʻट्राफिक प्रहरीʼको पोशाकमा दिनहूँ पाल्पा सदरमुकाम तानसेनको बसपार्कमा देखिन्छन् –टोपप्रसाद श्रेष्ठ । ७५ वर्षिय उनको जोश र जाँगर भने कुनै प्रहरीको भन्दा कम छैन । टोपप्रसादको जोश जागँर आफ्नो ठाउँमा छ, उनलाई पहिलोपटक देख्नेहरु जोकोही भुक्किन्छन्, उनको पहिचानमा । ट्राफिक प्रहरीको पोशाकमा देखिने उनी ट्राफिक होइनन् । हुन त ट्राफिकको मिल्दोजुल्दो पोशाकमा नागरिकको सेवामा खटिने ʻनागरिक ट्राफिकʼ।जिल्लामा सरुवा भएर आउने प्रहरी प्रमुख, ट्राफिक प्रमुख समेत उनको पहिचानमा झुक्किन्छन् । बाहिरबाट आएका सर्वसाधारण नझुक्किने त कुरै भएन । तर तानसेनमा उनलाई नचिन्ने कमै छन् । कतिले उनलाई ʻकलकत्ते दाइʼ भनेर सम्बोधन गर्छन् ।
बिहानदेखि साँझसम्म बसपार्कमा भेटिन उनी सवारी व्यवस्थापनमा अनवरत खटिन्छन् । यो खटाई केही दिन र वर्षको नभई २२ वर्षदेखि अनवरत छ । जीवनमा विवाह समेत नगरी विभिन्न दुःख पीडा खेप्दै ‘नागरिक ट्राफिक’ बन्न पुगेका टोपप्रसादको कथा उत्तिकै मार्मिक छ ।
को हुन टोपप्रसाद ?
स्याङजामा जन्मेका टोपप्रसादको बाल्यकाल गाउँमै वित्यो । आमाको मुख समेत देख्न नपाएका उनले अक्षर चिन्ने अवसर पनि पाएनन् । बाजेबजैको रेखदेखमा हुर्किए । १६ वर्षसम्म गाउँमै बिताए । त्यसपछि बटौलीतिर लागेर भारी बोक्ने, होटलमा भाँडा माझ्ने काम गरे । त्यसपछि भारतको आसामतिर लागे । त्यहाँ पुगेर पनि उनले उही काम अंगाले ʻहोटलमा भाँडा माझेʼ । त्यहाँ रहँदा उनले अर्को कामको पनि अनुभव संगाले ʻजंगलमा भैसी चराउनेʼ।
केही समय काम गरेपछि त्यहाँ साथिहरुसंग झगडा पर्यो अनि फर्किए आफ्नै जन्मघर । ʻत्यो बेला मसंग पैसा पनि थिएन्, निकै दुःखका साथ स्याङजा पुगेँ । नखाईनखाई रेलमा झुण्डिएर नौतुनहवासम्म आए । त्यहाँबाट हिँडेरै स्याङजा पुगेँʼ– लोकान्तरसंगको कुराकानीमा उनले आफ्नो विगतलाई सम्झिए ।
Comments
Post a Comment